असोज २२ सम्म वैदेशिक रोजगारीमा जानेको संख्या ५५ हजार बढी
- अशोज २४, २०८१
- 0
हिन्दुहरुको महान पर्व दशैं घर घरमा भित्रिरहेका बेला वैदेशिक रोजगारीका लागि जाने युवाको संख्यामा कुनै कमी आएको छैन । असोजमा परेको दशैं नमनाइ यही महिनाको २२ सम्म ५५ हजारले देश छाडेका छन् ।
श्रमस्वीकृति लिएका मध्ये लगभग ५५ हजार युवा दशैं नमनाई विदेशिएका हुन् । गत वर्ष दशैं परेको महिना विदेश जानेको संख्या ५१ हजार थियो ।
टिकट, भिसा र करार सम्झौता अनुसार बाध्य भएर वैदेशिक रोजगारी जानुपर्ने मात्र दशैंको मुखका विदेश गएका हुन् । वैदेशिक रोजगार विभागका अनुसार देखिन्छ असोजमा विदेश जानेमध्ये ७० प्रतिशत नयाँ रहेका छन् ।
दशैंअघि साउन, भदौ र असोजमा वैदेशिक रोजगारीका लागि श्रमस्वीकृति लिनेको संख्या लगभग १ लाख ७३ हजार पुगेको छ । दशैंको मुखमा विदेश जानेभन्दा दशैं मनाउन स्वदेश आउनेको संख्या बढी हुने भएपनि परिवार छोडेर रोजगारीकै लागि विदेश जानेहरुको संख्या विमानस्थलमा अत्याधिक देखिन्छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










