निजामती अस्पतालले माग्यो कर्मचारी
- जेष्ठ १८, २०८१
- 0
निजामती कर्मचारी अस्पतालले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ। अस्पतालको पदपूर्ति समितिले सूचना जारी गर्दै विभिन्न पदमा दरखास्त आह्वान गरेको हो।
अस्पतालले सिनियर रजिष्ट्रार, रजिष्ट्रार, वरिष्ठ सर्जन, रेडियोथेरापी टेक्नोलोजिस्ट स्टाफ नर्ससहितका पदमा दरखास्त आह्वान गरेको हो ।
लोकसेवा आयोगबाट प्राप्त सहमति बमोजिम रिक्त पदमा कर्मचारीहरूको सेवाका शर्त र सुविधा विनियमावली, २०७० को विनियम १५ क बमोजिम खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्न लागेको अस्पतालले जनाएको छ।
न्यूनतम योग्यता पुगेका इच्छुकनागरिकले असार ६ गतेभित्र आवेदन दिनसक्ने जनाइएको छ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]











