त्रिवि उपकुलपतिमा तीन जनाको नाम सिफारिस
- फाल्गुन ६, २०८०
- 0
त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिको लागि तीनजनाको नाम सिफारिस भएको छ ।
सर्टलिष्टमा परेकामध्येबाट सिफारिस समितिले प्रा.डा. चित्रबहादुर बुढाथोकी, प्रा. डा. केशरजंग बराल र प्रा. डा. टंकनाथ धमलाको नाम सिफारिस गरिएको सूचना जारी गरेको छ ।
उपकुलपतिका लागि ४३ जना प्रतिस्पर्धी थिए । जसमा एकजनाको आवेदन अस्वीकृत भएको थियो भने १४ जना सर्टलिष्टमा परेका थिए । सर्टलिष्टमा परेका उम्मेदवारबाट कार्ययोजना साथै सोचपत्र प्रस्तुतीकरण सकेर आज अन्तर्वार्ता लिइएको थियो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










