माल्टा पठाइदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ
- माघ १७, २०८०
- 0
माल्टा पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिकाघर भई हाल जिल्ला काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–१ सुन्दरबस्ती बस्ने प्रकाश गुरुङ रहेका छन् ।
उनले दिपक राज कडेंललाई वैदेशिक रोजगारीको लागि माल्टा पठाईदिन्छु भन्दै छ लाख अठार हजार रुपैयाँ ठगी गरेका हुन् ।
रकम लिई सम्पर्क विहीन रहेका उनलाई प्रहरीले नयाँ बानेश्वरबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाएको जानकारी दिएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










