क्रोएशिया पठाउने भन्दै १२ करोड ठगी : न्यायका लागि सरकारसंग आग्रह
- मंसिर १९, २०८०
- 0
क्रोएशिया लैजाने भन्दै सुर्खेतका रिदम भनिने कृष्णबहादुर रानामगरले १२ करोडभन्दा धेरै रकम ठगी गरेको भन्दै पीडितहरुले न्यायका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।
आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै, उनीहरुले आफूहरुलाई ठग्ने ठूलो गिरोह नै सक्रिय भएको भन्दै कारबाहीका लागि सरकारको ध्यानाकर्षण गराएका हुन् ।
१५० जनाभन्दा धेरैबाट रानामगरको गिरोहले १२ करोडभन्दा धेरै ठगेको पीडितको दाबी छ ।
ठगिनेहरु अधिकांश युवायुवतीहरु रहेको बताइएको छ । गोकुलबहादुर कार्कीमार्फत रानामगरले दोलखाका युवायुवतीमार्फत पैसा उठाएको पीडितहरुको गुनासो छ ।
पत्रकार सम्मेलनमा कार्कीले आफूसँग भिसामात्रै नभएर जहाजको टिकटपनि भयो अब काम भैहाल्छ भनेर बोलेको आवाजको रेकर्डपनि सुरक्षित रहेको बताएका छन् ।
दोलखाबाट मात्रै रानामगरले २ करोड रुपैयाँ पैसा असुली गरेको कार्कीको भनाई छ । क्रोएशिया पठाईदिने भन्दै आफूहरुसँग जनही ७ देखि ९ लाखको दरले रकम असुली गरेको पीडित बलराम पराजुलीले बताए ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










