माल्टा पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ
- अशोज ७, २०८०
- 0
माल्टा पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बैतडी जिल्ला दशरथचन्द न.पा वडा नं. ०४ स्थाई घर भई हाल जिल्ला ललितपुर ललितपुर महानगरपालिका वडा नं. १६ भैसिपाटी बस्ने वर्ष ३५ को रमेश बडु रहेको छन् ।
उनले कुम्भराज जोशी समेत ५ जनालाई वैदेशिक रोजगारीको लागि माल्टा पठाईदिन्छु,भनी सात लाख पचाँस हजार रुपैयाँ गठी गरेका हुन् ।
रकम लिई सम्पर्क विहीन रहेका उनलाई प्रहरीले किर्तिपुरबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाएको जानकारी दिएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










