बेलायतमा नर्स पठाउने प्रक्रिया अर्को साताबाटै सुरु हुन्छ : मन्त्री भण्डारी
- असार ११, २०८०
- 0
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले, बेलायतमा नेपाली नर्स पठाउने प्रक्रिया यसै साताबाट सुरु हुने बताएका छन् ।
प्रतिनिधि सभाको सोमवारको बैठकमा, आफ्नो मन्त्रालयको बजेटबारे उठेका प्रश्नको जवाफ दिदैँ उनले, यसै हप्ता दुईपक्षीय सम्झौतामा हस्ताक्षर हुने जानकारी दिए ।
उनले भने ‘नेपाल सरकार र बेलायत सरकारबीच भएको श्रम समझदारी अनुरुप बेलायतमा नेपाली नर्स तथा हेल्थ सेक्टरका अन्यहरुलाई पठाउने सम्बन्धि छनोट कार्यलाई प्रभावकारी अगाडि बढाउने समझदारी र ढाँचा मन्त्री परिषदबाट स्वीकृत भइसकेको छ । यस सम्बन्धमा यसै हप्तामा दुई पक्षीय सम्झौता हुँदै छ ।’
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










