नेपाली नर्स बेलायत लाने विषयमा स्वास्थ्य मन्त्री र बेलायती राजदूतबीच छलफल
- असार ४, २०८०
- 0
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतसँग नेपालका लागि बेलायतकी राजदूत निकोला पोल्लिटबीच बेलायतमा नेपाली नर्स लाने विषयमा भइरहेको प्रगतिको बारेमा छलफल भएको छ ।
भेटका क्रममा दुई देशका बीचमा भएका सहयोगका क्रियाकलापहरु र नेपाललाई स्वास्थ्यलगायत अन्य क्षेत्रमा बेलायतले गरेको सहयोगको बारेमा छलफल भएको स्वास्थ्य मन्त्री बस्नेतले बताएका छन् ।
उनले भने, नेपालका नर्सिङ मेनपावर बेलायत लाने विषयमा छलफल भयो, श्रम मन्त्रालयले हेरिरहेको यो विषय अहिले बेलायतमा छलफल भइरहेको छ, नेपालको नर्सिङ मेनपावरलाई व्यवस्थित र सुरक्षितरुपमा कसरी पठाउन सकिन्छ भन्ने विषयमा गम्भीर छलफल गर्यौं, यस्तै ब्रिटिस गोरखाहरुलाई नेपालमा उपचार गर्ने विषयमा पनि छलफल भयो, यसैगरी बेलायतले एउटा नयाँ कार्यक्रम दिन लागेको छ, विकासका आयोजना अन्तर्गत त्यो कार्यक्रमले नेपालमा सञ्चालन गर्ने भन्ने विषयमा कुराकानी भयो । ’
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










