ईपीएसमार्फत कोरिया जाँदा तोकिएभन्दा बढी भाडा लिनेविरुद्ध उजुरी आह्वान
- बैशाख २१, २०८०
- 0
रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया जाँदा तोकिए बमोजिमको मूल्यमामात्रै हवाई टिक लिन सूचित गरिएको छ ।
युनिभर्सल टुर्स एण्ड ट्राभल्स प्रालिले सूचना जारी गर्दै सरकारसँग भएको सम्झौता अनुसार तोकिएको भाडा तिरेर कोरिया जान अनुरोध गरेको हो ।
गत माघ तीन गते वैदेशिक रोजगार विभागको ईपीएस शाखा र युनिभर्सल टुर्स एण्ड ट्राभल्स प्रालिबीच भएको सम्झौता अनुसार ८९५ अमेरिकी डलर भाडा निर्धारण गरिएको छ ।
सोही अनुसार राष्ट्र बैंकको प्रचलित विनिमयदरबमोजिम हुन आउने रकम सौझै तोकिएको बैंक खातामा जम्मा गरी टिकट लिन अनुरोध गरिएको छ ।
यदि, कसैले तोकिएको रकमभन्दा बढी रकम लिएमा वा लिने प्रयास गरेमा उजुरी गर्न आह्वान गरिएको छ ।
उजुरी अमेरिकी डलर वैदेशिक रोजगार विभागको ईपीएस शाखा र युनिभर्सल टुर्स एण्ड ट्राभल्स प्रालिको ईपीएस शाखामा गर्न सकिने छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










