नेपाली सेनामा ठूलो संख्यामा जागिर खुल्यो (विज्ञापनसहित)
- बैशाख ८, २०८०
- 0
नेपाली सेनामा ठूलो संख्यामा जागिर खुलेको छ । सेनाले सैन्य पदमा ४ हजार ५ सय जनाका लागि जागिर खुलाएको हो ।
जसअनुसार सैनिक परिवारका लागि २ सय २५ जनालाई आरक्षण गरिएको छ भने खुल्लातर्फ २ हजार दुई हजार ३ सय ५१ जनाको माग गरिएको छ ।
सेनाको श्री भर्ना छनौट निर्देशनालय कार्यरथि विभाग, जंगी अड्डाका अनुसार महिला कोटामा ३ सय ९०, आदिवासी जनजाति कोटामा ६ सय १७, मधेशी कोटामा ५ सय ४०, दलित कोटामा २ सय ८७ र पिछडिएको क्षेत्रबाट ९० संख्यामा आरक्षण छुटाएर नेपाली सेनाले जागिर खुलाएको हो ।
सूचना अनुसार आवेदकले अनलाइन मार्फत फारम भर्न सक्ने र त्यसको हार्ड कपी बोकेर सबन्धित छनौट स्थलमा बुझाउनु पर्नेछ ।
जंगी अड्डाका अनुसार योग्यता पुगेका इच्छुक व्यक्तिले २०८०/०१/०८ देखि २०८० जेठ ७ गतेसम्म आवेदन दिन सक्ने जनाएको छ ।
दोब्बर दस्तुर तिरेर भने जेठ १४ गतेसम्म आवेदन बुझाउन सकिने सेनाको जंगी अड्डाले जनाएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]











