विदेशमा ज्यान गुमाएका नेपालीको बिमा रकममा पनि ठगि, बोर्डका नायव सुब्बासहित ६ जना पक्राउ

news-details

विदेशमा ज्यान गुमाएका नेपालीहरूका परिवारलाई बिमावापतको रकम उपलब्ध गराइदिन्छु भन्दै ठगि गर्ने गिरोहका ६ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बैदेशिक रोजगार बोर्डका नायब सुब्बा पशुपति अधिकारीसमेत छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा सर्लाहीका रूद्रमान गोले, प्रकाशबहादुर गोले, रवीन्द्र मोक्तान, विनोदकुमार लामा, डिकबहादुर मल्ल र काभ्रेका रामबहादुर तामाङ छन्।

आफूहरू ठगिएको भन्दै दुई जनाले प्रहरीमा उजुरी गरेपछि कार्यालयले अनुसन्धान सुरू गरेको थियो।

अभियुक्तहरूलाई बिहीबार काठमाडौंको गोंगबुबाट पक्राउ गरिएको हो।

उनीहरुले वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा मृत्यु भएका र बिदामा आउँदा मृत्यु भएका नेपालीहरुले प्राप्त गर्ने बीमाको रकम दिलाइदिन्छु भनेर मृतकका आफन्तलाई ठगी गर्ने गरेको पाइएको उपत्यका अपराध अनुसन्धान कार्याल्यका सूचना अधिकृत एसपी रवीन्द्र रेग्मीले जानकारी दिए ।

पक्राउ परेका सबैमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया