वैदेशिक रोजगार व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिको पदवहाली सम्पन्न
- माघ ९, २०७९
- 0
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिले आज (सोमबार) पदवहाली गरेको छ ।
संघको बत्तीसपुतलीस्थित कार्यालयमा निवर्तमान संयोजक विमल ढकालले नवनिर्वाचित अध्यक्ष राजेन्द्र भण्डारीलाई संघको माइन्युट हस्तान्तरण गर्दै कार्यभार सुम्पेका हुन ।
गत माघ ६ गते सम्पन्न संघको २९ औ साधारणसभाले भण्डारीको नेतृत्वका १७ सदस्यीय कार्यसमिति चयन गरेको थियो ।
वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा भण्डारी र महासचिवमा भूर्तेल बिजयी
पदवहाली कार्यक्रम चलिरहदा संघको नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गर्न नेपाल उद्योग बाणिज्य महासंघका पुर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठ, हेमराज ढकाल, नरेशलाल श्रेष्ठ, रविनकुमार श्रेष्ठसहितको प्रतिनिधीमण्डल पनि पुगेको थियो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]











