पर्यटक भिसामा विदेश जान सरकारको कडाइ
- भदौ २०, २०७९
- 0
पर्यटक भिसामा विदेश जान सरकारले कडाइ गरेको छ। पछिल्लो समय पर्यटक भिसामा विदेश जाने तर स्वदेश फिर्ता नहुने प्रवृत्ति बढेर गएको भन्दै सरकारले पर्यटक भिसामा विदेश प्रस्थान अनुमति व्यवस्थापनसम्बन्धी कार्यविधि २०७९ स्वीकृत गर्दै कडाइ गरेको हो।
कार्यविधिले १६ प्रकृतिको भिसा वर्गीकरण गरेर पर्यटक भिसामा प्रस्थान अनुमति प्राप्त गर्नको लागि पेस गर्नुपर्ने कागजातहरू विभाजन गरेको छ ।
पर्यटकको रूपमा घुम्न जाने व्यक्ति र तिनका परिवारका सदस्यले परिवारका सदस्यहरूबीच नातासम्बन्ध खुल्ने सरकारी कागजात पेस गर्नु पर्नेछ।
कम्तीमा चार लाख रुपैयाँ वार्षिक आम्दानी र कर प्रणालीमा आबद्धता खुल्ने कागजात र प्रणालीमा निवेदन पेस गर्ने दिनमा कम्तीमा दुई लाख रुपैयाँ बैंक मौज्दात रहेको बैंक स्टेटमेन्टका साथै आम्दानीका आधारमा सरकार (संघ, प्रदेश र स्थानीय) लाई कर तिरेको प्रमाण पेस गर्नुपर्ने कार्यविधिमा उल्लेख छ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










