विदेश जादा विमानस्थलबाट २ सय डलरसम्म सटही सुविधा पाइने
- साउन ४, २०७९
- 0
मनी चेञ्जरहरूले विदेश भ्रमणमा जाने नेपालीहरूलाई राहदानी बापत दुई सय अमेरिकी डलर बराबर सटही सुविधा दिन पाउने भएका छन्।
डलर सञ्चितिमा दबाब परेसँगै राष्ट्र बैंकले मनी चेञ्जरमार्फत् विदेश भ्रमणको लागि पाइने डलर भुक्तानीमा कडाइ गरेको हो।
भारत बाहेक अन्य मुलुकहरूको भ्रमणमा जाने नेपालीहरूलाई बैंकहरूले भने राहदानीबापत प्रति पटक एक हजार पाँच सय वा सो बराबरको परिवत्य विदेशी मुद्रासम्म सटही सुविधा दिन सक्ने व्यवस्था छ।
यस्तो सटही सुविधा एक वर्षमा २ पटकमा नबढ्ने गरी मात्र प्रदान गर्न सकिनेछ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










