रोजगारीका लागि दक्षिण कोरिया पुगेका १३ जना नेपाली पक्राउ
- असार १७, २०७९
- 0
वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया पुगेका १३ जना नेपाली पक्राउ परेका छन् ।
अवैध रूपमा काम गर्दै आएका उनीहरूलाई त्यहाँको प्रहरीले पक्राउ गरेको बताइएको छ । दक्षिण कोरियाको अध्यागमन ऐन उल्लङ्घन गरेको आरोप उनीहरूलाई छ । यद्यपि, पक्राउ परेका नेपालीहरूको नाम ठेगाना भने खुलाइएको छैन ।
कृषि तथा माछापालन मौसमी कामदारको रूपमा प्रवेश गरेका चार जना ठेक्का अवधि नपुग्दै गैरकानुनी रूपमा अर्को ठाउँमा काम गरिरहेको अवस्थामा पक्राउ परेका छन् । यस्तै बसाइ अवधि सकिएका अन्य नौ जना पक्राउ परेका हुन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










