अमेरिकाको टेक्सासमा लरीभित्र ४२ आप्रवासी मृत अवस्थामा भेटिए
- असार १४, २०७९
- 0
अमेरिकाको टेक्सासमा लरीभित्र ४२ जना व्यक्ति मृत फेला परेका छन्।
टेक्सासको सान एन्टोनियोको बाहिरी क्षेत्रमा एक लरीमा कम्तीमा ४२ जना व्यक्ति मृत फेला परेको बीबीसीले जनाएको छ। घाइते १६ जनालाई अस्पताल लगिएको छ।
मृतकहरू आप्रवासी हुन्। तर, कुन देशका हुन् भन्ने बारेमा नखुलेको न्यूयोर्क टाइम्सेले जनाएको छ।
गाडी सान एन्टोनियोको दक्षिणपश्चिमी भागमा रेल ट्रयाकको छेउमा फेला परेको थियो। गाडी फेला परेको क्षेत्र अमेरिका–मेक्सिको सिमानाबाट २५० किलोमिटरमा पर्छ।
सान एन्टोनियोको प्रहरीले शव गाडीका चालकलाई खोजिरहेको छ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










