नेपाल प्रहरीका १७ जना एसएसपीहरु डीआईजीमा बढुवा सिफारिस (सूचिसहित)
- असार ९, २०७९
- 0
गृह मन्त्रालयले नेपाल प्रहरीका १७ जना वरिष्ठ उपरीक्षक (एसएसपी) हरुलाई नायब महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस गरेको छ । बुधबार राती मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले चारैजना महिला एसएसपीसहित १७ जनाको बढुवा सिफारिस गरेको हो ।
बढुवा हुनेहरुमा बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, अशोक सिंह, दीपक थापा र श्यामलाल ज्ञवाली छन् । यस्तै किरण बज्राचार्य, सन्दिप भण्डारी, सुदिप गिरी, मिरा चौधरी, टेकबहादुर तामाङ, उमेशराज जोशी, भिमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र अन्तिममा किरण राणा रहेका छन ।
नामावलीको सूचि
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]











