बार्षिक ३० प्रतिशतले रोजगारी बृद्धि गरिने
- जेष्ठ १५, २०७९
- 0
सरकारले प्रत्येक बर्ष ३० प्रतिशतले रोजगारी बृद्धि गर्ने योजनासहित वजेट विनियोजन गरेको छ ।
सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री जर्नादन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गदै नेपालको बेरोजगार दर घटाउने योजना सार्वजनिक गरेका हुन ।
यसैगरी चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ५।८ प्रतिशत हुने अर्थमन्त्रीले जानकारी दिएका छन ।
उनले यस वर्षको बजेट कोभिड–१९ महामारी नियन्त्रण, जनस्वास्थ्यको रक्षा र आर्थिक तथा सामाजिक जीवनस्तर सुधारमा लक्षित रहने पनि बजेट वक्तव्यमा उल्लेख गरेका छन ।
बजेटको उद्देश्य उत्पादनमा आधारित हुनेछ, बजेटका प्राथमिकता कृषि क्षेत्रको रुपान्तरणमा केन्द्रित हुने, उत्पादनमा आधारित अर्थतन्त्रको विकास गरेर गरिबी न्यूनीकरण गरिने, भूमिहीन र दलितलाई आगामी तीन वर्षभित्र भूमि उपलब्ध गराउने रहेका छन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










