कोरोनाले स्थगित लोक सेवाका परीक्षा फागुन ६ देखि हुने

news-details

लोक सेवा आयोगले फागुन ६ गतेदेखि परीक्षा गर्ने भएको छ।

यसअघि तोकिएका परीक्षाहरू कोरोनाका कारण स्थगित गरिएको थियो।

आयोगले सूचना निकालेर परीक्षाको तालिका प्रकाशित गरेको छ।

उपसचिव वा सो सरह, शाखा अधिकृत वा सो सरह, स्वास्थ्य सेवातर्फ सातौं, आठौं र नवौं तहको विभिन्न पदका लिखित परीक्षाहरू फागुन ६ देखि सुरू गर्ने आयोगको निर्णय छ।

स्थगित परीक्षाहरू सञ्चालन गर्ने बुधबार बसेको आयोगको बैठकबाट निर्णय भएको थियो।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया