विदेश जानेहरुका लागि यी चार अस्पतालमा जोन्सन एण्ड जोन्सन खोप दिइने
- पुस १२, २०७८
- 0
सरकारले विदेश जानेहरुका लागि कोभिड–१९ विरुद्धको जोनसन एण्ड जोनसन खोप लगाउन उपत्यका चार अस्पताल तोकेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार विदेश जानेहरुका तोकिएका अस्पतालहरु लागि वीरेन्द्र सैनिक अस्पताल, नेपाल प्रहरी अस्पताल, सशस्त्र प्रहरी अस्पताल र शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु गरी चार छन् ।
सबै विदेश जानेहरुलाई आफ्नो पायक पर्ने खोप केन्द्रमा गएर खोप लगाउन सरकारले आग्रह गरेको छ ।
खोप लगाउन जाँदा अनिवार्य रुपमा आफ्नो पासपोर्ट र भिसा लिएर जान मन्त्रालयले अनुरोध गरेको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










