२० उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस (सूचीसहित)
- पुस ५, २०७८
- 0
सरकारले राजपत्रांंकित द्धितिय श्रेणीका २० जना उपसचिवलाई राजपत्रांकित प्रथम श्रेणी सहसचिवमा बढुवाका लागि सिफारिस गरेको छ ।
लोकसेवा आयोगका एक सदस्यको नेतृत्वमा रहेको बढुवा सिफारिस समितिको आइतबारको बैठकले प्रशासन सेवाका १८ जना र लेखापरीक्षण सेवाका दुइ जना गरेर २० जना उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको हो ।
सहसचिवमा रिक्त पदमा कार्यक्षमताको आधारमा एक सय ८० जना उम्मेदवारबाट उनिहरुको नाम बढुवाका लागि सिफारिस भएको बढुवा समितिले जनाएको छ ।
बढुवा सिफारिसमा चित्त नबुझेकाले ३५ दिन भित्र उजुरी गर्न सक्नेछन् । यदि कोहि कसैको उजुरी नपरेको खण्डमा २० जना नै मन्त्रिपरिषद्को बैठकबाट सहसचिवमा बढुवा हुनेछन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]











