हवाई भाडा बढ्दा वैदेशिक रोजगारीमा जाने मर्कामा
- मंसिर २४, २०७८
- 0
नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले अन्तर्राष्ट्रिय उडानमा कायम हालैको जहाज भाडा वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि अत्यन्तै महँगो रहेको भन्दै घटाउनुपर्ने माग गरेकोे छ ।
बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई भेट गरी सङ्घको प्रतिनिधि मण्डलले यस्तो माग गरेको हो ।
सङ्घका महासचिव सुजित श्रेष्ठले कोरोना महामारीपश्चात् वैदेशिक रोजगारीमा जाने नेपालीको सख्यामा वृद्धि भए पनि चर्को हवाई भाडाका कारण श्रमिकलाई मर्का परेको जानकारी दिए ।
सङ्घले विज्ञप्ति जारी गर्दै मन्त्री आलेले हवाई भाडाको समस्या समाधान गर्न प्रयास गर्ने आश्वासन दिएको जनाएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










