कोरोनाका कारण बन्द कोरिया रोजगारी खुल्यो, बुधबार ४८ जना जाँदै
- कार्तिक ९, २०७८
- 0
कोरोनाका कारण बन्द रहेको कोरिया रोजगारी २० महिनापछि खुलेको छ ।
मंगलबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रालयले नेपाली कामदारलाई वैदेशिक रोजगारीका लागि आकर्षक गन्तव्य मानिएको दक्षिण कोरियामा २० महिनापछि कामदार पठाउने काम सुरु भएको जनाएको हो ।
रोजगार अनुमति प्रणाली ९ईपीएस० अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण गरेका श्रमिकहरु कोरिया जाने गरेकोमा २० महिना देखि कोरोनाभाइरस सङ्क्रमणका कारण जान पाएका थिएनन् ।
लामो समयदेखि रोकिएको प्रक्रिया खुलेपछि श्रमिकहरुमा खुसीको सञ्चार छाएको छ । भोलि (बुधबार) साँझ पहिलो चरणमा ४८ जना श्रमिकहरु कोरिया जाँदैछन् ।
साँझ ७ बजेको उडानमार्फत कोरिया जाने श्रमिकहरुलाई दिउसो ३ बजे मन्त्रालयका अधिकारीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










