आज निजामती सेवा दिवस, यी हुन् निजामती पुरस्कार पाउने ४० कर्मचारीहरू (सूचीसहित)
- भदौ २२, २०७८
- 0
नेपालका निजामती कर्मचारीले आज निजामती सेवा दिवस मनाउँदै छन् । ‘व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन’भन्ने नाराका साथ निजामती सेवा दिवस मनाइँदै छ । ”
विसं २०१३ भदौ २२ गते पहिलो निजामती सेवा ऐन जारी गरिएका अवसरमा २०६१ सालदेखि यो दिवस मनाउन थालिएको हो ।
यसैबिच निजामती सेवा दिवस, २०७८ का अवसरमा आजै ४० कर्मचारीलाई पुरस्कृत गरिने भएको छ । पुरस्कृतमध्ये १० कर्मचारीलाई उत्कृष्ट निजामती सेवा पुरस्कार’ प्रदान गर्ने निर्णय गरिएको छ भने ३० जनालाई निजामती सेवा पुरस्कारबाट सम्मानित गरिने भएको हो ।
मन्त्रिपरिषदको भदौ २१ को निर्णयअनुसार उत्कृष्ट निजामती सेवा पुरस्कार र निजामती सेवा पुरस्कार पाउने कर्मचारीको नाम सार्वजनिक गरिएको हो । पुरस्कार पाउने सूचीमा सहसचिवदेखि कार्यालय सहयोगीसम्म छन्।
हेर्नुस् सूची :
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










