अफगानिस्तानमा रहेका नेपालीलाई सम्पर्कमा आउन परराष्ट्र मन्त्रालयको आग्रह
- साउन ३१, २०७८
- 0
परराष्ट्र मन्त्रालयले अफगानिस्तानमा रहेका नेपालीहरुलाई सम्पर्कमा आउन आग्रह गरेको छ।
उनीहरूको उद्धारका लागि सम्पर्कमा आउन मन्त्रालयले आइतबार आग्रह गरेको हो।
भाइबर र ह्वाट्सएपमार्फत समेत सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ।
जसका लागि ९७४९३२६४५८ कन्सुलर सेवा विभाग र ९७४९३२६४५९ परराष्ट्र मन्त्रालयमा सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ।
काबुलस्थित विभिन्न मुलुकका कूटनीतिक नियोगहरू तथा अन्तर्राष्ट्रिय संघ(संस्थामा कार्यरत नेपालीहरूलाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा राख्न र स्वदेश फर्काउन पहल गरिरहेको मन्त्रालयले जनाएको छ।
उद्धार तथा सुरक्षित स्थानमा राख्नका लागि सरकारले मित्र राष्ट्रहरू, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य बेलायत, क्यानडा, जर्मनी, युरोपियन युनियन, जापान तथा संयुक्त राष्ट्र संघका कार्यालयलाई पत्राचार गरिसकेको जनाएको छ।
सरकारले नेपालीहरूको उद्धारका लागि उच्चस्तरीय कार्यदल गठन गरिसकेको छ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










