वैदेशिक रोजगार विभागको ताहाचल कार्यालय हरेक बुधबार खुल्ने
- जेष्ठ २१, २०७८
- 0
वैदेशिक रोजगार विभाग अन्तर्गतको ताहाचलमा रहको वैदेशिक रोजगार कार्यालय काठमाडौ शाखा कोरोनाको कारण बन्द रहेकोमा अवदेखि खुला रहने भएको छ ।
वैदेशिक रोजगार कार्यालय ताहाचलले आज एक सूचना जारी गरी उक्त कुराको जानकारी गराएको हो । यही वैशाख २४ गते बन्द गरिएको कार्यालय जेठ २६ गतेदेखि हरेक बुधबार खुला गर्ने जारी गरेको सूचनामा उल्लेख छ ।
यसैगरी उक्त दिन पुनः श्रम स्वीकृतिको हकमा यस अघि बायोमेट्रिक नभएका व्यक्तिहरुको मात्र काम सुचारु हुने समेत काठमाडौं कार्यालयले बताएको छ ।
यसअघि नेपाल वैदेशिक रोजगार व्यवसायी संघले हप्ताको एक दिन श्रम स्वीकृति दिने व्यवस्था गर्न माग गर्दै वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दुवाडीको ध्यानाकर्षण गरेको थियो ।
व्यवसायीले श्रम गन्तव्य मुलुकले भिसा दिइसकेका व्यक्तिलाई श्रम स्वीकृति दिने कार्य बन्द नगर्न र सहज तरिकाले विदेश जाने व्यवस्था गर्न माग गर्दै आएका थिए ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










