साउदी अरबमा अब विदेशी कामदारले मालिकको अनुमतिबिनै काम फेर्न र देश छोड्न पाउने
- चैत्र १, २०७७
- 0
एजेन्सी / साउदी अरबले विदेशी कामदारहरूलाई सजिलो हुने गरी ‘काफला’ प्रणालीमा सुधार गरेको छ ।
साउदी अरबका मानव संशाधन तथा सामाजिक विकास मन्त्रालयले गत नोभेम्बरमा घोषणा गरेको सुधार आइतबारदेखि लागू भएको हो ।
योसँगै अब साउदीमा रहेका विदेशी कामदारले मालिकको अनुमतिबिनै देश भित्रिने र बाहिरिने गर्न सक्ने छन् । विदेशी कामदारले काम परिवर्तन गर्न पनि मालिकको पूर्वस्वीकृति नचाहिने भएको छ ।
यसबाट साउदीमा रहेका एक करोड विदेशी कामदार लाभान्वित हुने बताइएको छ ।
विदेशी कामदारलाई मालिकसँग बढी जिम्मेवार बनाउन काफला प्रणाली ल्याइएको थियो । विदेशी कामदारको हक खोसिएको भन्दै यसको विरोध भएको थियो ।
केही मानव अधिकारवादी संस्थाहरूले आइतबारदेखि लागू भएको सुधारको स्वागत गरेका छन् तर काफला प्रणालीका केही प्रावधान अझै जारी राखिएकोमा असन्तुष्टि जनाएका छन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










