विदेशबाट आज १२ सय नेपाली उद्धार उडानमार्फत आउँदै, १८ वटा शव पनि ल्याइयो
- साउन १८, २०७७
- 0
कोरोना भाइरसको संक्रमणका कारण विभिन्न देशमा अलपत्र परेका १२ सय भन्दा धेरै नेपाली आज स्वदेश फर्किदै छन् ।
आज मलेसिया, कतार, युएई, अमेरिका र युरोपका देशबाट गरी १२ सय ३३ जना नेपाली स्वदेश फर्कन लागेका नेपाल नागरिक उड्यन प्राधिकरणले जनाएको छ ।
विहान युएईको अबुधाबीको हिमालय एयरलायन्सबाट १५४ जना नेपाली स्वदेश आएका नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार मलेशियाबाट नेपाल एयरलायन्सको उडानबाट २५२ जना आएका छन् । उक्त विमानमा १४ जनाको शव पनि ल्याइएको छ ।
कतारबाट नेपाल एयरलायन्सको उडानमार्फत १५३ जना नेपाली आएका छन् । उक्त विमानमा ४ वटा शव पनि ल्याइएको छ । दिउँसो मलेशियाबाट मालिन्दो एयरको उडानबाट १७२ जना नेपाली आउन लागेका छन् ।
युएईबाट दुइ वटा उडानमार्फत झन्डै ४ सय जना आउन लागेका प्राधिकरणले जनाएको छ । यस्तै कतार एयरको उडानमार्फत अमेरिका, युरोप र कतारमा रहेका १४० जना आउन लागेका छन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










