वैदेशिक रोजगार बोर्डमा गुरुङ र खड्का मनोनित
- असार २२, २०७७
- 0
वैदेशिक रोजगार बोर्डमा बरिष्ठ बैदेशिक रोजगार व्यवसायी हेमराज गुरुङ र स्वास्थ्य व्यवसायी कैलााश खड्का मनोनित भएका छन् ।
श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले आइतबार बोर्डमा व्यवसायीकातर्फबाट एसओएस म्यानपावर सर्भिसका सञ्चालक हेमराज गुरुङलाई र वैदेशिक रोजगार विज्ञका रुपमा स्वास्थ्य व्यवसायी महासंघका अध्यक्षसमेत रहेका खड्कालाई मनोनित गरेका हुन ।
बोर्डमा व्यवसायीको तर्फबाट यसअघि वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णु गैरे र संघको सिफारिसमा कोषाध्यक्ष इन्दिरा गुरुङले बोर्डको प्रतिनिधित्व गरिरहेका छन् ।
बोर्डमा सदस्य भएका खड्का र गुरुङको कार्यकाल दुई वर्ष हुनेछ । गुरुङ यसअघि पनि बोर्डको सदस्य रहेका थिए ।
श्रम मन्त्रीको अध्यक्षता रहने बोर्डमा उच्च पदस्थ सरकारी अधिकारी, वैदेशिक रोजगार व्यवसायी, ट्रेड युनियन, वैदेशिक रोजगार विज्ञ र यस क्षेत्रमा कार्यरत संस्थाहरुको प्रतिनिधित्व रहने व्यवस्था छ । हाल बोर्डमा अध्यक्षसहित २५ जना सदस्य रहेका छन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










