साउदीले कामदारका लागि ल्यायो कडा नियम : कम्पनी परिवर्तन गरेमा ६ महिना जेल, ५० हजार रियाल जरिवाना र आजिवन प्रतिवन्ध हुने

news-details

कम्पनी छाडने र अवैधरुपमा बस्ने क्रम बढेपछि साउदी अरबले आप्रवासी कामदारका लागि कडा नियम ल्याएको छ । श्रम सम्झौताको करार अवधिअघि रोजगारदाता परिवर्तन गरे तथा अवैध रुपमा बस्ने कामदारलाई पुनः साउदी अरब प्रवेशका लागि आजीवन प्रतिबन्ध लगाउनेसहितको कानून साउदीले ल्याएको हो ।

नयाँ कानून अनुसार कम्पनी छाडेर भाग्ने कामदारलाई आजिवन साउदी प्रवेशमा प्रतिवन्धसँगै थप ६ महिना जेल र ५० हजार रियाल जरिवाना तिराउने नियम ल्याइएको साउदी अध्यागमनले जानकारी दिएको साउदीस्थित नेपाली दुतावासले जानकारी दिएको छ । साथै दूतावासले बिचैमा कम्पनी नछाडन तथा अवैधरुपमा नबस्न नेपाली कामदारहरुलाई आग्रहसमेत गरेको छ ।

सेवासुविधाका कारण तथा दलालहरुको प्रलोभनमा परेर काम छाडने तथा कम्पनी परिवर्तन गर्ने नेपालीहरुको संख्या पछिल्लो समय बढेकाले कसैको प्रलोभन या लहैलहैमा लागेर यसरी काम नछाडन भन्दै नेपाली दूतावासले कुनै समस्या भए दुतावासमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया