वैदेशिक रोजगार व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पूर्वप्रम देउवाले दिए बधाई
- रोजगारमञ्च
- अशोज १०, २०७६
- 0
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बधाई दिएका छन । संघको २७ औ साधारणसभा पश्चात भएको निर्वाचनमा कांग्रेस समर्थित लोकतान्त्रिक समूहका विष्णुप्रसाद गैरे नेतृत्वको प्यानल नै बिजयी भएको थियो ।

देउवा निवास बुढानिलकण्ठ पुगेको संघको नवनिर्वाचित कार्यसमिति र अग्रज व्यवसायीहरुको टोलीलाई बधाई दिदै सभापति देउवाले सम्पूर्ण व्यवसायीहरुको हकअधिकार रक्षा तथा वैदेशिक रोजगार व्यवसायको क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउन लागिपर्न निर्देशनसमेत दिएका छन ।

यस्तै संघको नवनिर्वाचित कार्यसमितिलाई नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पनि बधाई दिएका छन ।

0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










