कन्सल्टेन्सीको ठगी धन्दा, माल्टा लैजाने भन्दै ठग्ने कन्सल्टेन्सीमा प्रहरीको छापा
- रोजगारमञ्च
- असार ३०, २०७६
- 0
वैदेशिक रोजगारीका लागि लैजाने भन्दै ठगी गर्ने एक कन्सल्टेन्सीमा प्रहरीले छापा मारेको छ।
राजधानीको चावहिलको ग्रीन फिल्ड एजुकेशन कन्सल्टेन्सीमा सोमबार दिउँसो काठमाडौं प्रहरी परिसरको टोलीले छापा मारेको हो। कन्सल्टेन्सी सन्चालक नुवाकोटका सन्जीव तामाङ र चितवनका रुपबहादुर गुरुङ भने फरार भएका छन्।
उनीहरुले रोजगारीका लागि माल्टा लैजाने भन्दै सयौं युवाहरुलाई ठगी गरेको उजुरी परेपछि प्रहरीले सोमबार दिउँसो छापा मारेको हो। प्रहरीले कन्सल्टेन्सीबाट विभिन्न व्यक्तिका पासपोर्ट तथा अन्य कागजात नियन्त्रणमा लिएको छ। उनीहरुले करिब ८५ लाख भन्दा बढी ठगी गरेको उजुरी परेको प्रहरीले जनाएको छ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










