सन २०२० का लागि लिइएको ईपीएस कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक
- रोजगारमञ्च
- असार १३, २०७६
- 0
यसवर्ष लिइएको कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित प्रकाशित भएको छ । गत जेठ २५ र २६ गते लिइएको कोरियन भाषा परीक्षाको नतिजा ईपीएस कोरियाले गएराति सार्वजनिक गरेको हो । परीक्षाफल ईपीएसको बेवसाइटमा गएर हेर्न सकिने छ ।
सन २०२० का लागि लिइएको उक्त परीक्षामा ९२ हजार ३ सय ५६ युवा सहभागी भएका थिए । जसमध्ये १२ हजार ९ जना परीक्षार्थी उत्तिर्ण भएका छन् । यीमध्ये कुल १० हजार ५० जना नेपाली प्रशिक्षार्थी कामदारका रुपमा लैजाने कोटा दक्षिण कोरियाले निर्धारण गरेको छ । जसमा उत्पादनमुलक क्षेत्रमा ७ हजार ५० र कृषि क्षेत्रमा ३ हजार कोटा छुट्याइएको छ ।
पछिल्लो समय दक्षिण कोरियाको रोजगारी युवाहरुको आकर्षणका रुपमा रहेको छ । कोरियाले करिब १ दशकदेखि नेपालीलाई आफ्नो देश लैजाँदै आएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










