विदेशका कुन कम्पनीले के कामको माग गरेको छ अब अनलाइनबाटै हेर्न सकिने

news-details

वैदेशिक रोजगारीमा जान चाहने नेपाली कामदारहरुले अब कुन देशको कुन कम्पनीले के–के पदमा कामदार माग गरेका छन अनलाइनबाटै हेर्न सक्ने भएका छन । वैदेशिक रोजगार विभागले नयाँ प्रविधिको प्रयोग गर्दै यो व्यवस्था गरेको हो ।

विभागका महानिर्देशक भिष्म कुमार भुसालका अनुसार अब विभागको वेवसाइट  https://foreignjob.dofe.gov.np  मा गएर कामको प्रकृति, पारिश्रमिक, श्रमिक पठाउने जिम्मा पाएको मेनपावर कम्पनी लगायतका सबै विवरण हेर्न सकिनेछ ।

उनले यो प्रविधि प्रयोग पछि एजेन्टको ठगिबाट जोगिदै विदेशिन चाहने कामदारले सिधै मेनपावर कम्पनीमा सम्पर्क राख्न सक्ने जनाउँदै सामान्य इन्टरनेट प्रयोग गर्न जान्ने नेपालीले पनि यो प्रविधिबाट आफु जाने देश, कम्पनी, काम, सेवासुविधा बारे सहजै जानकारी लिन सक्ने हुदा ठगि र समस्याका घटनामा कमी आउने विश्वास लिएको बताए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया