वैदेशिक रोजगारीमा जादा सीप अनिवार्य गरिदै, प्रमाणपत्र लिएकालाई मात्र श्रम स्वीकृति दिने तयारी

news-details

वैदेशिक रोजगारीमा जाने कामदारहरुलाई न्यूनतम सीप हासिल गराएर मात्र विदेश पठाउने नीति अनुरुप सरकारले श्रम स्वीकृति लिदा प्रमाणपत्र अनिवार्य बुझाउनुपर्ने व्यवस्थाको तयारी थालेको छ ।

पहिलो चरणमा यही असार १५ गतेदेखि विभिन्न १२ वटा क्षेत्रमा रोजगारीका लागि जाने नेपालीहरुले सीप सिकेको प्रमाणपत्र पेश गरेपछि मात्र अन्तिम श्रम स्वीकृति दिने व्यवस्था लागू गराइएको वैदेशिक रोजगार विभागले जानकारी दिएको छ ।

यो व्यवस्था लागू भएपछि हाउस वाइरिङ/इलेक्ट्रिसियन, वेटर, कुक, सेक्युरिटी गार्ड, मेशन, स्टिल फिक्चर्स, हाउस किपिङ/क्लिनर, स्काफोल्डिङ, सटरिङ कार्पेन्टर, पेन्टर, गामेन्ट/टेलरिङ र प्लम्बिङको काममा जादा अनिवार्य सम्वन्धित विषयमा तालिम लिएको प्रमाणपत्र पेश गर्नुपर्ने वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले बताए ।

सीप सिकेका तथा कुनै व्यवसाय वा प्रतिष्ठानमा काम गरेको अनुभवको प्रमाणपत्र लिएकाहरुको आधिकारिकता चेक गरेर मात्र श्रम स्वीकृति दिइने जानकारी दिदै कार्यकारी निर्देशक श्रेष्ठले सीप भएको तर प्रमाणपत्र पेश गर्न नसकेकाको हकमा बोर्डको सचिवालयमार्फत सीप सिकाइ परीक्षण गराइ प्रमाणपत्र दिने व्यवस्था गरिएको जनाए ।

पहिलो चरणमा यी १२ क्षेत्रमा यो व्यवस्थालाई लागू गराइएपनि क्रमशः सबै क्षेत्रमा रोजगारीका लागि जाने कामदारहरुलाई सीप अनिवार्य गराइने विभागको भनाई छ । यसका लागि विभागले आउदो वर्षभित्र सीप विकास तालिमलाई सबै प्रदेशमा पु¥याएर गुणस्तरीय तालिम प्रदान गर्ने तथा सीप प्रमाणिकरण गर्ने व्यवस्थाको तयारी भैरहेको विभागले जनाएको छ ।

हेर्नुहोस सूचना

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया