मलेसियामा विषाक्त मदिराका कारण ज्यान गुमाउने नेपालीको संख्या ६ पुग्यो, १६ जनाको उपचार हुँदै (नामावलीसहित)
- अशोज ३, २०७५
- 0
काठमाडौँ । विषाक्त मदिरा सेवनका कारण ज्यान गुमाउने नेपालीको संख्या ६ जना पुगेको छ । क्वालालुम्पुरस्थित नेपाली दूतावासका अनुसार मृत्यु भएका ६ जना नेपालीको पहिचान भएको छ भने १६ जना नेपालीको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ । उनीहरु मध्ये चार जनाको डिस्चार्ज भइसकेको छ ।
मृत्यु हुनेहरुमा बसेरी–३ धादिङका विवश घले भनिने मिम बहादुर घले, मसिना–६, रुपन्देहीका राम कुमार यादव, अमरगढी–५ डडेलधुराका विशाल बुढाथोकी, पश्चिम कुशाहा– ९, सुनसरीका सञ्जय उराव, सिद्धिथुम्का–९ इलामका बलबहादुर कुलुङ र ठेगाना नखुलेका आइतसिंह गोले रहेका छन् ।
अस्पतालमा उपचाररत अन्य बिरामीको विवरण यस्तो छ ।
मृतक र बिरामी भएका नेपालीहरुको नामावली

0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










