साउदी अरब जाने नेपाली कामदारको न्यूनतम ज्याला बृद्धि (तालिकासहित)
- भदौ ३१, २०७५
- 0
काठमाडौं । वैदेशिक रोजगारीका लागि साउदी अरब जाने नेपाली कामदारको न्यूनतम ज्याला लामो समयपछि पुनरावलोकन गरी बृद्धि गरिएको छ । कामका लागि साउदी जाने नेपाली कामदारले अब मासिक न्युनतम १००० रियालका साथै खाना भत्ता वापत ३०० पाउनेछन् भने अधिकतम ११०० रियाल र खानाभत्ता ५०० रियाल पाउने भएका छन् ।
यसअघि साउदी जाने नेपाली कामदारले ८०० न्यूनतम ज्याला र खाना भत्ता २०० पाउँदै आएका थिए । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको प्रस्तावलाई हालैको मन्त्रिपरिषदको बैठकले स्वीकृत गरेपछि पारीश्रमिक बृद्धि भएको हो ।
सरकारको यो निर्णयले सबैभन्दा धेरै साउदी जाने अदक्ष कामदार लाभान्वित श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ । साथै साउदी जाने कामदारको औषधि उपचार, आवास, यातायात, आतेजाते हवाई टिकट रोजगारदाताले नै उपलब्ध गराउनुपर्ने पनि मन्त्रालयले जनाएको छ ।
साउदी जाने कामदारको न्यूनतम ज्यालामा भएको नयाँ व्यवस्था यस्तो छ ।
तालिकामा हेर्नुहोस्

0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










