दक्षिण कोरियामा कामदारको तलब बढ्यो, नेपाली पनि लाभान्वित हुने
- असार ३०, २०७५
- 0
दक्षिण कोरिया सरकारले त्यहाँ कार्यरत श्रमिकको तलब बढाउने निर्णय गरेको छ । शनिबार सम्पन्न त्यहाँको पारिश्रमिक निर्धारण समितिको बैठकले सन् २०१९ देखि लागू हुने गरी कामदारको तलब १०.९५ प्रतिशत बढाउने निर्णय गरेको हो ।
यो निर्णय ईपिएसलगायत सम्पूर्ण कामदारको हकमा लागू हुनेछ । योसँगै कामदारको तलब प्रति घण्टा ८३५० कोरियन वोन अर्थात दैनिक आठ घण्टा काम गरेपछि कामदारको महिनाको न्यूनतम तलब नेपाली १ लाख ६८ हजार बराबर हुनेछ ।
सन् २०१९ का लागि तय गरिएको न्यूनतम ज्याला वर्तमान राष्ट्रपति मून जेइनले राष्ट्रपति निर्वाचन ताका गरेको प्रतिबद्धता अनुरुप भएको समाचारमा जनाइएको छ ।
यो निर्णयले कोरियामा ४० हजार बढी नेपाली लाभान्वित हुने भएका छन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










