स्टार्टअपका लागि क्लासिक टेकको इन्टरनेट ४०प्रतिशतसम्म छुटमा

news-details

इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले साना तथा मझौला व्यवसाय (SME) तथा स्टार्टअपलाई लक्षित गर्दै SME Pro Max इन्टरनेट प्याकेज सार्वजनिक गरेको छ।

कम्पनीका अनुसार, पाँच वर्षभित्र स्थापना भएका स्टार्टअपहरूले यस प्याकेजअन्तर्गत 1Gbps इन्टरनेट स्पिड, 1TB डाटा र पब्लिक IP सेवा मा ४० प्रतिशतसम्म विशेष छुट पाउनेछन्।प्याकेजमा ग्राहकले वाई फाई सिक्स राउटर निःशुल्क प्राप्त गर्नुका साथै फ्री सर्वे, इन्स्टलेसन र सेटअप सेवा पनि पाउने कम्पनीले जनाएको छ।

नयाँ तथा विस्तारको चरणमा रहेका व्यवसायलाई भरपर्दो, उच्च गतिको र किफायती नेटवर्क समाधान उपलब्ध गराउने उद्देश्यले प्याकेज ल्याइएको क्लासिक टेकको भनाइ छ।

SME Pro Max प्याकेजसम्बन्धी थप जानकारी तथा सदस्यताका लागि ९८०२६२२३०३ मा सम्पर्क गर्न वा [email protected] मा इमेल गर्न सकिने कम्पनीले जनाएको छ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया