प्रभु बैंकद्धारा बाढी प्रभावितलाई दुई करोड एघार लाख एघार हजार एक सय एघार रुपैयाँ आर्थिक सहयोग

news-details

प्रभु बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित भएकाहरुको उद्धार, राहत तथा पुनस्र्थापनाका लागि दुई करोड एघार लाख एघार हजार एक सय एघार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

भोटेकोशी नदीमा अचानक आएको विनाशकारी बाढीले भोटेकोशी र त्रिशुली नदी किनारमा रहेका बासिन्दाहरुलाई अपुरणीय मानविय तथा भौतिक क्षति पु¥याएको र राष्ट्रलाई ठूलो जनधनको क्षति पु¥याएको परीपेक्षमा, विपदको यस दुःखद् घडीमा पीडित एवम् प्रभावित परीवारहरुका लागि सहायता स्वरुप तथा पिडितहरुको खोजतलास, उद्धार र राहत कार्यमा सहयोग पुगोस् भन्ने उद्धेश्यले नेपाल सरकारलाई प्रभु बैंकको र्फबाट संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै अर्थ मन्त्रालयमा आयोजित एक समारोहमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले नेपाल सरकार, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी अर्थमन्त्री डा। स्वर्णिम वाग्लेलाई दुई करोड एघार लाख एघार हजार एक सय एघार रुपैयाँ को चेक हस्तान्तरण गरे । उक्त कार्यक्रममा बैंकको तर्फबाट अध्यक्ष किशोर जंङ्ग कार्की, संचालक राजु पौडेल तथा संचालक डा। अम्बिका शर्मा लामिछानेको पनि उपस्थिति रहेको थियो ।

अकल्पनीय विपद्का कारण ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिकहरुप्रति प्रभु बैंकले श्रद्धाञ्जली व्यक्त गरेको छ । साथै सम्पर्क विहिन र घाइतेहरुको उद्धार तथा शीघ्र उपचारको कामना गर्दै प्रभावित समुदायप्रति बैंकले गहिरो समवेदना व्यक्त गरेको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया