विपद् राहतका लागि सांग्रिला उर्जाको २० लाख सहयोग

news-details

काठमाडौँ । बाढीका कारण प्रभावित नागरिकहरूको राहत तथा उद्धारका लागि सांग्रिला उर्जा लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख रुपैयाँ सहयोग गरेको छ।

कम्पनीले प्रभु बैंकमार्फत २०,००,००० रुपैयाँको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नाममा उपलब्ध गराएको हो।

सांग्रिला उर्जा लिमिटेड नेपालको जलविद्युत् क्षेत्रमा सक्रिय कम्पनी हो। कम्पनीले संखुवासभाको भोटखोला गाउँपालिकामा ६३ मेगावाट क्षमताको छुछुङ खोला जलविद्युत् आयोजना विकास गरिरहेको छ। कम्पनीको उद्देश्य जलविद्युत् उत्पादनमार्फत देशको ऊर्जा सुरक्षा र आर्थिक विकासमा योगदान पुर्‍याउनु रहेको छ।

विपद्को कठिन समयमा कम्पनीले उपलब्ध गराएको सहयोगले प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया