नेपाल टेलिकमले आजदेखि सदस्यता–आधारित नयाँ सेवा सुरु गर्दै
- असार १४, २०८३
- 0
काठमाडौं । सूचना तथा सञ्चारमन्त्री विक्रम तिमल्सिनाले सरकारको १०० दिने कार्यसूचीअन्तर्गत वितरणमा आधारित शासनसम्बन्धी प्रतिबद्धता कार्यान्वयन गर्दै नेपाल टेलिकमले आजदेखि सदस्यता–आधारित नयाँ सेवा सुरु गर्ने बताएका छन् ।
शनिबार सामाजिक सञ्जालमार्फत उनले नयाँ व्यवस्थाअनुसार प्रिपेड सेवाग्राहीसहित सबै ग्राहकका लागि विभिन्न मासिक प्याकेज उपलब्ध हुने बताए ।
एकपटक सदस्यता लिएपछि हरेक महिना पुनः प्याकेज सक्रिय गरिरहनुपर्ने आवश्यकता नरहने उनले बताए ।
नेपाल टेलिकमले नयाँ सदस्यता–आधारित प्याकेज तथा यसको शुल्क, सुविधा र अन्य प्रावधानबारे विस्तृत विवरण आज सार्वजनिक गर्ने उनले बताए ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










