फिसटेल र अन्नपूर्ण जगतपुर लज तथा प्रभु बैंकबीच विशेष छुट सम्झौता
- चैत्र २५, २०८२
- 0
लेक्स।इड पोखरा स्थित फिस टेल लज पोखरा र अन्नपूर्ण जगतपुर लज प्रा.लि र प्रभु बैँक लिमिटेड बीच विशेष छुट सम्बन्धि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
प्रभु बैँकका तर्फबाट चिफ मार्केटीङ अफिसर दिपेन्द्र बाबु बिष्ट र फिसटेल लज तथा अन्नपूर्ण जगतपुर लजका तर्फबाट बिक्री तथा मार्केटीङ क्लस्टर निर्देशक सनीस महर्जनले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन ।
सम्झौता अनुसार फिसटेल लज र अन्नपूर्ण जगतपुर लजमा प्रभु बैँकका ग्राहक तथा कर्मचारीहरुले सेवा तथा सुबिधा लिएबापत बिशेÈ छुट पाउने छन् ।
प्रभु बैँकका ग्राहक तथा कर्मचारीहरुले लजका सेवा तथा सुबिधा प्राप्त गर्नको निमित्त बैँकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा बैँकका अन्य कुनै विद्युतिय प्रणालीद्धारा विल भुक्तानी गर्नुपर्ने छ । दुवै लजमा उपलब्ध आवास तर्फ विशेष सस्थागत छुट साथै खाना तथा पेय पदार्थमा १०%–१५% छुट प्राप्त गर्न सकिनेछ ।
नेपालभर रहेका ३१२ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ६८ एक्सटेन्सन काउन्टर मार्पmत ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रदान गरिरहेको प्रभु बैंकले गुणस्तरीय सेवा प्रवाह गर्दै अघि बढिरहेको छ ।













