एकैदिन तोलामा साढे २० हजारले घट्यो सुन
- माघ १६, २०८२
- 0
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य स्वाट्टै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा साढे २० हजार रुपैयाँले घटेको हो ।
बिहीबार सुनको मूल्य तोलामा साढे २० हजारले नै बढेर रेकर्ड बनाएको थियो ।
यस दिनको मूल्य प्रतितोला तीन लाख १८ हजार ८०० रुपैयाँ कायम भएको छ । बिहीबार सुन प्रतितोला तीन लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, चाँदीको मूल्य तोलामा ४४० रुपैयाँले घटेर सात हजार ६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
अघिल्लो दिन चाँदी प्रतितोला सात हजार ५०५ रुपैयाँमा किनबेच भएको थियो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










