असुली समस्याले विपन्न वर्ग कर्जा घट्यो
- पुस २१, २०८२
- 0
काठमाडौँ । असुलीमा समस्या बढेपछि बैंक तथा वित्तीय संस्थाहरूले विपन्न वर्गमा प्रवाह गर्ने कर्जाको आकार घटाएका छन् ।
नेपाल राष्ट्र बैंकका अनुसार २०८१ असारमा ३ खर्ब ६५ अर्ब रुपैयाँ रहेको विपन्न वर्ग कर्जा २०८२ असारमा १८.८८ प्रतिशतले घटेर २ खर्ब ९६ अर्ब ९ करोड रुपैयाँमा झरेको छ । जबकि समग्र कर्जा प्रवाह भने ८.१७ प्रतिशतले बढेको छ ।
यो अवधिमा सबै प्रदेशमा विपन्न वर्ग कर्जा घटेको छ, जसमा मधेश प्रदेशमा झण्डै ४० प्रतिशत गिरावट आएको छ । राष्ट्र बैंकको कडाइ, लघुवित्त कर्जामा सीमा, र ऋण नतिर्ने आन्दोलनका कारण असुली कमजोर भएपछि बैंकहरू यस क्षेत्रमा लगानी बढाउन हिच्किचाएका हुन् ।
यद्यपि, हालै लघुवित्त कर्जाको सीमा बढाइएकाले आगामी दिनमा कर्जा विस्तार हुने अपेक्षा गरिएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










