संखुवासभाका सुनचाँदी व्यवसायीहरुलाई २ प्रतिशत विलासिता कर अभिमुखीकरण तालिम प्रदान

news-details

संखुवासभा जिल्लाका सुनचाँदी व्यवसायीहरूलाई लक्षित २ प्रतिशत विलासिता कर सम्बन्धी अभिमुखीकरण कार्यक्रम शनिबार सम्पन्न भएको छ।

सङ्खुवासभा सुनचाँदी व्यवसायी संघको संयोजन तथा घरेलु तथा साना उद्योग कार्यालय र करदाता सेवा कार्यालय संखुवासभाको आयोजनामा सम्पन्न कार्यक्रममा कर प्रणालीका प्रावधान, लागू प्रक्रिया र व्यवसायमैत्री कर संरचना बारे विस्तृत जानकारी प्रदान गरिएको थियो।

कार्यक्रममा सङ्खुवासभा सुनचाँदी व्यवसायी संघका अध्यक्ष जनक पौडेलीले विलासिता कर लागू प्रक्रियाका मुख्य बुँदाहरू, व्यवसायीले ध्यान दिनुपर्ने कारुणीक पक्षहरू तथा कर शिक्षा विस्तारमा संघको भूमिकाबारे धारणा राखेका थिए। उनले कर प्रणालीलाई व्यवसायमैत्री बनाउन संघ निरन्तर सक्रिय रहने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

घरेलु तथा साना उद्योग कार्यालय खाँदबारीका प्रमुख प्रेमचन्द्र राईले व्यवसायीहरूको समस्या र कर व्यवस्थापनका चुनौतीबारे धारणा राखेका थिए । जिल्ला समन्वय समिति प्रमुख सुमन शाक्यले कर प्रणाली पारदर्शी बनाउन व्यवसायीहरूको सक्रिय सहभागिता अपरिहार्य रहेको बताए। त्यसैगरी कर कार्यालयका निमित्त प्रमुख सञ्जय राई र उद्योग वाणिज्य संघका अध्यक्ष डेगराज बस्नेतले दिगो व्यवसायिक वातावरण र कर दायित्वका कानुनी आयामबारे धारणा व्यक्त गरे ।

कार्यक्रममा संखुवासभाका ३ दर्जनभन्दा धेरै सुनचाँदी व्यवसायीहरूको सहभागिता रहेको थियो। सहभागीहरूले करसम्बन्धी अस्पष्टता हटाउन यस्ता अभिमुखीकरण कार्यक्रम निरन्तर आवश्यक रहेको प्रतिक्रिया दिए।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया