सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको २ लाख नाघ्यो
- भदौ १३, २०८२
- 0
नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्यले आजसम्मकै उच्च रेकर्ड कायम गरेको छ ।
सुनको मूल्य चार सय रुपैयाँले बढेर आज प्रतितोला २ लाख ६ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुन प्रतितोला १ लाख ९९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । यो आज सम्मकै उच्च हो ।
यता चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर प्रतितोला दुई हजार तीन सय ६० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन प्रतितोला दुई हजार तीन सय ५५ रुपैयाँ कायम थियो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










