४२ प्रतिशतले बढ्यो कृषि विकास बैंकको नाफा

news-details

कृषि विकास बैंकले गत आर्थिक वर्ष २०८१/८२ मा ४ अर्ब १५ करोड ४४ लाख खुद मुनाफा गर्न सफल भएको छ, यो बैंकको अहिलेसम्मकै इतिहासमा सबैभन्दा बढी नाफा हो ।

बैंकले शनिबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले ४ अर्ब १५ करोड ४४ लाख खुद मुनाफा गर्न सफल भएको हो । बैंकले अघिल्लो आर्थिकको तुलनामा ४२ प्रतिशत नाफा बढाउन सफल भएको हो । बैंकको सञ्चालन मुनाफामा उल्लेख्य वृद्धि हुँदा खुद मुनाफा पनि बढेको हो । अघिल्लो आवमा ९ अर्ब ७६ करोड रहेको सञ्चालन मुनाफा यो वर्ष ११ अर्ब ८९ करोड पुगेको छ ।

त्यस्तै, बैंकले खुद ब्याज आम्दानी ९ अर्ब ८२ करोड पुर्‍याउन सफल भएको छ ।

त्यस्तै, बैंकले हालसम्मकै उच्च लाभांश क्षमता बढाउन सफल भएको छ । विवरण अनुसार बैंकसँग लाभांश क्षमता १८.५३ प्रतिशत रहेको छ । २ अर्ब ८७ करोड वितरणयोग्य मुनाफा रहेको छ । बैंकले कर्जा जोखिममा ध्यान दिँदा गैरसञ्चालन कर्जा अनुपात घटेर ३ दशमलव २६ प्रतिशतमा ल्याउन सफल भएको छ । जुन अघिल्लो आवमा एनपीएल ३ दशमलव ९१ प्रतिशत पुगेको थियो ।

बैंकले गत आवमा २ खर्ब ९३ अर्ब ५७ करोड निक्षेप सङ्कलन गर्न सफल भएको छ भने २ खर्ब १६ अर्ब २ करोड कर्जा लगानी गरेको छ । बैंकको कुल सम्पत्ति हाल ३ खर्ब ६२ अर्ब ५० करोड पुगेको छ ।

प्रमुख वित्तीय सूचकहरू उल्लेख्य प्रगति गरेको कृषि बैंक प्रतिसेयर आन्दानीमा समेत व्यापक सुधार गर्न सफल भएको छ । प्रतिसेयर आम्दानी १८ रुपैयाँ ५६ पैसाबाट बढेर २७ रुपैयाँ ६३ पैसा पुर्‍याउन सफल भएको छ । प्रतिसेयर नेटवर्क २४१ रुपैयाँ ४ पैसा पुगेको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया