नेप्से परिसुचक फेरी तीन हजार बिन्दुमाथि पुग्यो
- साउन १३, २०८२
- 0
आज शेयर कारोबार सुरु भएको ५ मिनेटमै नेप्से परिसुचक तीन हजार बिन्दुभन्दा माथि उक्लेको छ । यसअघि आइतबार पनि नेप्से पसिुचक ३०१३.१७ बिन्दुमा पुगेर ओरालो लागेको थियो ।
यस दिन साढे १२ बजे सम्म नेप्से परिसुचक ४३.६६ अंकले बढेर ३०१४.९७ मा पुगेको छ । यस अबधिसम्म ७ अर्ब ६४ करोड ७७ लाख ७३ हजार ५६२ रुपैयाँ बराबरको १ करोड ७२ लाख ९४ हजार ५९९ कित्ता शेयर कारोबार भइसकेको छ । त्यसैगरी मुक्तीनाथ कृषि कम्पनी, ट्रेड टावर लिमिटेड, सान्भी इनर्जी र नाडेप लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
यसअघि गतवर्ष साउनमा तीन हजार बिन्दुमा पुगेको नेप्से त्यसपछि भने बढ्न सकेको थिएन । तर, चालु आवको मौद्रिक निती सावर्जनिक भएपछि सकारात्मक देखिएको शेयर बजार उत्साहजनक रुपमा अघि बढीरहेको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










