साढे २ घण्टामै नेप्सेमा साढे १२ अर्बभन्दा धेरैको कारोबार
- साउन ४, २०८२
- 0
शेयर बजारमा साढे दुई घण्टामै साढे १२ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार भएको छ । आइतबार १ बजेर २७ मिनेट जाँदा सम्म अर्थात् कारोबारको सुरु भएको करीब साढे २ घण्टा भित्रै साढे १२ अर्ब ८५ करोड रुपैयाँ भन्दा धेरैको कारोबार भएको हो ।
अघिल्लो कारोबार दिन अर्थात् गत साताको बिहीबार भने नेप्सेमा कुल १६ अर्ब ३० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
साताको कारोबारको पहिलो दिन आइतबार नेप्से परिसुचक १ बजेर ३० मिनेट जाँदा ४१.८९ अंकले बढेर २९१२.५२ बिन्दुमा रहेको छ ।
अघिल्लो कारोबार दिन बिहीबार नेप्से ७५.८४ अंकले बढेको थियो । यो समाचार तयार पार्दा सम्म नेप्सेमा १९५ कम्पनीको शेयर मूल्य बढ्दा ५३ कम्पनीको शेयर घटेको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










